शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा जलविद्युतले खुलायो स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ

बिहीबार, ०५ माघ २०७९, १० : १३
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । सगरमाथा जलविद्युत आयोजनाले आजदेखि वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाएको हो ।
आयोजनाले १०० रुपैयाँ अंकित ११ लाख २० हजार कित्ता सेयर स्थानीयका लागि बिक्री खुलाएको हो । यस्तै, सर्वसाधारणका लागि छुट्याइएको ४३ लाख ४८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याइएको छ ।
स्थानीयहरुले कम्पनीको आईपीओमा आवेदन दिने मिती छिटोमा माघ १९ गते सकिने छ । उक्त अवधिसम्ममा स्थानीयहरुले १० हजार कित्तासम्म आवदेन दिन सक्नेछन् । यस्तै, नेपाल सरकारबाट श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएकाहरुले ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप