सगरमाथा जलविद्युतले खुलायो स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ
बिहीबार, ०५ माघ २०७९, १० : १३
काठमाडौँ । सगरमाथा जलविद्युत आयोजनाले आजदेखि वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाएको हो ।
आयोजनाले १०० रुपैयाँ अंकित ११ लाख २० हजार कित्ता सेयर स्थानीयका लागि बिक्री खुलाएको हो । यस्तै, सर्वसाधारणका लागि छुट्याइएको ४३ लाख ४८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याइएको छ ।
स्थानीयहरुले कम्पनीको आईपीओमा आवेदन दिने मिती छिटोमा माघ १९ गते सकिने छ । उक्त अवधिसम्ममा स्थानीयहरुले १० हजार कित्तासम्म आवदेन दिन सक्नेछन् । यस्तै, नेपाल सरकारबाट श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएकाहरुले ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण