घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरूलाई आग्रह
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरूलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्दै उहाँले त्यस पक्षमा मतदान गर्न सबै सांसदहरूलाई आग्रह गरेका हुन् ।
सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्दै प्रमुख सचेतक पाण्डेले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन उनलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क समेत गरे । प्रमुख सचेतक पाण्डेले भने, ‘हामी नेपालको सुशासन, समृद्धिका साथ अव सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध बनाएर सदनको माध्यमबाट हामी सबै जनतालाई व्यवस्थित गरेर अब नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षाका साथ अगाडि बढ्नुपर्ने जो दायित्व छ । त्यसका लागि यो सदनमा अव हामीले व्यवस्थित र प्रभावकारी बनाउनका लागि आज हामी जो निर्वाचन गर्दैछौँ । त्यसका लागि माननीय देवराज घिमिरे योग्य हुनुहुन्छ, सक्षम हुनुहुन्छ । त्यसैले उहाँलाई यस सदनको नेतृत्वको रूपमा सभामुख पदमा यहाँ भएका सबै दलहरू, स्वतन्त्र माननीयज्यूहरू सबैले उहाँको पक्षमा मतदान गरिदिने हुनेछ । त्यही अपिल सम्माननीय सभामुखज्यूमार्फत सम्पूर्ण माननीयज्यूहरूलाई अनुरोध गर्दछु ।’
प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकताबद्ध भएर अघि बढाउन पनि घिमिरेको नेतृत्वमा संघीय संसद भए सहज हुने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण