संसद्लाई निष्पक्ष रूपमा सञ्चालन गर्न सक्ने काम घिमिरेले मात्रै गर्न सक्छन् : नेम्वाङ
काठमाडौँ । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसद्लाई निष्पक्ष रूपमा सञ्चालन गर्न सक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गरेका छन् छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको संसद्लाई निष्पक्ष रूपमा सञ्चालन गर्न सक्ने काम सभामुख उम्मेदवार घिमिरेले मात्रै सक्ने बताएका हुन् ।
उनले सरकारलाई जनताप्रति व्यक्तिगत र सामूहिक रूपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको जिकिर गरे । उनले भने, ‘सरकारलाई जनताप्रति व्यक्तिगत र सामूहिक रूपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी छ । थुप्रै चुनौतीहरू छन् । त्यसलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ , त्यसको संघारमा हामी उभिएका छौँ । यस्तो बेलामा यो प्रतिनिधि सभा जिम्मेवारी पूरा गर्न सफल हुन्छ । यही विश्वासका साथ सिङ्गो प्रतिनिधि सभालाई एकताबद्ध बनाएर, सांसदहरूको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भूमिकामा रहेर सभामुखले भूमिका निर्वाह गर्नुपर्छ । त्यसका लागि मैले देवराज घिमिरेले यो भूमिका निर्वाह गर्न सक्नुहुनेछ । लामो समय भूमिगत कालदेखि लिएर निरंकुशताकाबिरुचमा खटेर उहाँ अघि आउनुभएको हो ।’
सांसद नेम्वाङले सभामुख उम्मेदवार घिमिरे सदनको बारेमा पनि विज्ञ भएकाले उनले प्रतिनिधि सभामा रहेका सम्पूर्ण राजनीतिक दलहरूको विश्वासलाई समेट्नेमा पूर्ण विश्वास रहेको बताउनु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण