गल्फ फुटबलको फाइनल खेलअघि भागदौड, दुई इराकीको मृत्यु, दर्जनौँ घाइते
बग्दाद । इराक र ओमानबीच जारी फुटबलको २५औं अरेबियन गल्फ कप फाइनल खेल आयोजना गर्न लागेको बसरा रङ्गशालाको गेटमा बिहीबार भागदौड हुँदा दुई इराकी फुटबल दर्शकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
“खेल सुरु हुनुभन्दा केही घण्टाअघि ठूलो सङ्ख्यामा फुटबल समर्थक रङ्गशालामा पुगेका थिए र गेटमा भागदौड मच्चिँदा दुई जनाकोे मृत्यु हुनुका साथै ६५ भन्दा बढी घाइते भएका थिए,” बसरा अपरेशन कमाण्डका एक इराकी कर्णेलले नाम नबताउने शर्तमा भने ।
रङ्गशालाको अधिकतम क्षमता ६५ हजारभन्दा बढी दर्शक खेल हेर्नका लागि भेला भएपछि सुरक्षा निकायले दर्शकलाई रङ्गशालाभित्र छिर्न रोक्ने प्रयास गरिरहेको समय भागदौड मच्चिएको स्रोतले जनाएको छ ।
यसैबीच, इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानी बसरा पुग्नुभएको छ र प्रान्तीय गभर्नर र अन्य वरिष्ठ अधिकारीहरूसँग २५ औं अरेबियन गल्फ कपको फाइनल खेलको तयारीको निरीक्षण गर्न तत्काल बैठक गरेका छन् ।
यसैगरी, जनवरी १६ मा २५ औं अरेबियन गल्फ कपको सेमिफाइनलमा कतारविरुद्ध इराकी राष्ट्रिय टोलीको खेल हेर्न जाँदै गरेका धी कार र बसरा प्रान्तबीचको राजमार्गमा बाक्लो हुस्सुका कारण इराकी फुटबल समर्थक बोकेको बस ट्रकसँग ठोक्किँदा छ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । २५ औं अरेबियन गल्फ कप जनवरी ६ देखि बसरामा सुरु भई जनवरी १९ मा टुङ्गिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण