कांग्रेसले उपसभामुखमा पनि उम्मेदवार दिने, मुक्ता यादवलाई अगाडि सारिँदै
काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दिने भएको छ । शुक्रबार विहान कांसभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुख उठाउने निर्णय गरेको हो । कांग्रेसले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । कांग्रेस केन्दीय सदस्य समेत रहेकी यादव समानुपातिकबाट सांसद भएकी थिइन् ।
कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् । सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उम्मेदवार बनाएको छ ।
विपक्षी गठबन्धनमा सम्बद्ध एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग महिला सांसद नभएकाले कांग्रेसले नै उपसभामुखमा उम्मेदवारी दिन लागेको हो । सभामुखमा घिमिरे निर्वाचित भएकाले महिला नै उम्मेदवार बनाउनुपर्ने अवस्था छ । त्यसलाई मध्यजर गरी कांग्रेसबाटै उम्मेदवार खडा गरिएको ती पदाधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण