प्रधानमन्त्रीको सचिवालयमा को–को परे ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् । गत बिहीबार प्रधानमन्त्री प्रचण्डले सचिवालयमा रहने कर्मचारीलाई नियुक्ति पत्र दिएका हुन् । प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त गरिएको छ । यस्तै प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुंगाना र स्वकीय सहसचिवमा गोकर्ण भट्टलाई राखिएको छ ।
प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञ लगायत क्षेत्रमा कसैलाई नियूक्त नगरिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए । ‘अहिले प्रधानमन्त्री ज्यूको सचिवालयमा सात जनालाई नियुक्त गरिएको छ । अरु आवश्यकता अनुसार कर्मचारी नियुक्त हुन सक्छन्’ ती सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीज्यूको आवश्यकतामा थप घट गर्न सक्नुहुन्छ । अहिले थप्ने÷नथप्नेबारे थाहा छैन ।’
प्रधानमन्त्रीले सचिवालय चुस्त दुरुस्त बनाउने बताएका छन् । सचिवालयमा कर्मचारी भर्ती केन्द्र बनाउने भन्दा पनि आवश्यक भएका कर्मचारीलाई मात्रै राख्ने योजना बनाएको बताएको छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते मात्रै सपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण