उत्कृष्ट फोटो खिच्ने सैनिक युनिट र गैरसैनिक पुरस्कृत
शुक्रबार, ०६ माघ २०७९, १६ : ३९

काठमाडौँ। नेपाली सेनाले सेना दिवसको अवसरमा उत्कृष्ट फोटो खिच्ने युनिट र गैरसैनिकलाई पुरस्कृत गरेको छ । फोटो प्रतियोगितामा सेनाको नम्बर–१४ बाहिनी अड्डा प्रथम भएको छ । २६० औं सेना दिवशको अवसरमा आयोजित फोटो प्रतियोगितामा विकास निर्माण निर्देशनालय दोस्रो र दुर्गाबक्स गणले तेस्रो स्थान हाँसिल गरेका छन् ।
गैह्रसैनिक तर्फ संजोग बुढाथोकी प्रथम र फोटो पत्रकार वर्षा शाह द्धितिय भएकी छिन् । राष्ट्रिय समाचार समितिमा कार्यरत फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठले पनि उत्कृष्ट फोटो पत्रकारको पुरस्कार पाएका छन् । प्राविधिक सुवेदार राजेश केसीले लिएको फोटो वर्षको उत्कृष्ट फोटोमा छनोट भएको छ । शुक्रवार जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र बलाधिकृत रथी सरोजप्रताप राणाले फोटो प्रतियोगितामा उत्कृष्ट भएकालाई पुरस्कार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयानक कार दुर्घटनामा इन्डियन आइडल–१२ विजेता पवनदीप राजन घाइते
-
ओलीको जेलजीवन सम्झाएर खगराजले मागे गण्डकीलाई बजेट
-
लेडी गागाको कन्सर्टमा बम प्रहार गर्ने प्रयास विफल
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु
-
नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा
-
१२औँ म्युजिक खबर अवार्डको उत्कृष्ट पाँचमा को–को समेटिए ?