उत्कृष्ट फोटो खिच्ने सैनिक युनिट र गैरसैनिक पुरस्कृत
शुक्रबार, ०६ माघ २०७९, १६ : ३९
काठमाडौँ। नेपाली सेनाले सेना दिवसको अवसरमा उत्कृष्ट फोटो खिच्ने युनिट र गैरसैनिकलाई पुरस्कृत गरेको छ । फोटो प्रतियोगितामा सेनाको नम्बर–१४ बाहिनी अड्डा प्रथम भएको छ । २६० औं सेना दिवशको अवसरमा आयोजित फोटो प्रतियोगितामा विकास निर्माण निर्देशनालय दोस्रो र दुर्गाबक्स गणले तेस्रो स्थान हाँसिल गरेका छन् ।
गैह्रसैनिक तर्फ संजोग बुढाथोकी प्रथम र फोटो पत्रकार वर्षा शाह द्धितिय भएकी छिन् । राष्ट्रिय समाचार समितिमा कार्यरत फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठले पनि उत्कृष्ट फोटो पत्रकारको पुरस्कार पाएका छन् । प्राविधिक सुवेदार राजेश केसीले लिएको फोटो वर्षको उत्कृष्ट फोटोमा छनोट भएको छ । शुक्रवार जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र बलाधिकृत रथी सरोजप्रताप राणाले फोटो प्रतियोगितामा उत्कृष्ट भएकालाई पुरस्कार प्रदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण