टाइगर प्यालेसले मिचेको जग्गा खाली गर्न अदालतको आदेश
काठमाडौं । रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेको अदालले ठहर गरेको छ । जिल्ला अदालत रुपन्देहीले रिसोर्टले मिचेको जग्गा खाली गराउन आदेश दिएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीले सो आदेश गरेका हुन् । सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै स्थानियले अदालतमा निवेदन दिएका थिए । सो निवेदन उपर अदालतको आदेशमा भनिएको छ,‘दाबी पुग्ने ।’
लुम्बिनी नलकुपजल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले र टेकराज पौडेलले टाइगर प्यालेस सञ्चालक कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रा.लि विरुद्ध मुद्दा दायर गरेका थिए । सो मुद्दा फैसला भएको र पूर्णपाठ आउन बाँकी रहेको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।
उक्त रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको निवेदकहरूले दाबी गरेका थिए ।
हङकङको कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले तिलोत्तमा नगरपालिकाको कोटिहवामा ५ अर्ब रुपैयाँ लगानीमा सो रिसोर्ट संचालनमा ल्याएको थियो । २०७४ देखी संचालनमा आएको सो रिसोर्ट १५ बिगाह क्षेत्रफलमा फैलिएको छ ।
यता अदालतको आदेशसँगै रिसोर्टमा प्राइम बैंकले लगानी गरेको २ अर्ब ५० करोड संकटमा परेको छ ।
t
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण