बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा बालकको हत्यामा संलग्न दुईजना सार्वजनिक

शुक्रबार, ०६ माघ २०७९, १८ : ५७
शुक्रबार, ०६ माघ २०७९

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले  बालक हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्या भएको ४१ दिनपछि उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विरबहादुर बुढा मगरका अनुसार जिल्लाको माधवनारायण नगरपालिका ८ बस्ने जयकिशोर प्रसाद कुशवाहाको ९ वर्षीय छोरा आशनारायण प्रसाद कुशवाहा मंसिर २५ गते हत्या गरेको पुष्टि भएको छ । उनको शव घटना भएको ६ दिनपछि बागमती नदीमा फेला परेको थियो । 

प्रहरीका अनुसार सोही ठाउँका ३३ वर्षीय जयराम महतो कोइरी र ३७ वर्षीय सञ्जय रामले बालकको   हत्या गरी बागमती नदीमा फालेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप