प्रदेश १ मा मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन
विराटनगर । प्रदेश नं १ का मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश गरेका थिए ।
कार्यविभाजनअनुसार मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यस्तै मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय, मन्त्री दुर्गाप्रसाद चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, मन्त्री भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, मन्त्री जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, मन्त्री बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र मन्त्री निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण