अल्फाबेटले १२ हजार कर्मचारी हटाउने
एजेन्सी । सर्च इञ्जिन गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटले १२ हजार रोजगार कटौती गर्ने भएको छ । कम्पनीले आफ्ना १२ हजार कर्मचारीलाई इमेलमार्फत रोजगार कटौतीको जानकारी दिएको हो । बेलायती समाचार संस्था बीबीसीमा बजारमा आएको मन्दीका कारणले रोजगार कटौतीको निर्णय लिएको उल्लेख छ । गूगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले यो निर्णयबाट विश्वभर रहेका अल्फाबेटका ६ प्रतिशत कर्मचारी प्रभावित बन्नेछन् ।
पिचाईले कर्मचारी कटौतीको निर्णय गर्दै आफ्ना कर्मचारीले गरेको मेहनेतका लागि धन्यवाद दिँदै उनीहरुको योगदान अतुलनीय रहेको समेत बताएका छन् । पछिल्लो समय विश्वभरका टेक कम्पनीहरुले आफ्ना कर्मचारी कटौतीको निर्णय लिइरहेका छन् । माइक्रोसफट्ले गत साता मात्रै १० हजार कर्मचारी कटौतीको निर्णय गरेको थियो । यस्तै, अमेजनले समेत एकै पटक १८ हजार कर्मचारी कटौतीको निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण