शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अल्फाबेटले १२ हजार कर्मचारी हटाउने

शनिबार, ०७ माघ २०७९, १३ : ०५
शनिबार, ०७ माघ २०७९

एजेन्सी । सर्च इञ्जिन गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटले १२ हजार रोजगार कटौती गर्ने भएको छ । कम्पनीले आफ्ना १२ हजार कर्मचारीलाई इमेलमार्फत रोजगार कटौतीको जानकारी दिएको हो । बेलायती समाचार संस्था बीबीसीमा बजारमा आएको मन्दीका कारणले रोजगार कटौतीको निर्णय लिएको उल्लेख छ । गूगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले यो निर्णयबाट विश्वभर रहेका अल्फाबेटका ६ प्रतिशत कर्मचारी प्रभावित बन्नेछन् ।

पिचाईले कर्मचारी कटौतीको निर्णय गर्दै आफ्ना कर्मचारीले गरेको मेहनेतका लागि धन्यवाद दिँदै उनीहरुको योगदान अतुलनीय रहेको समेत बताएका छन् । पछिल्लो समय विश्वभरका टेक कम्पनीहरुले आफ्ना कर्मचारी कटौतीको निर्णय लिइरहेका छन् । माइक्रोसफट्ले गत साता मात्रै १० हजार कर्मचारी कटौतीको निर्णय गरेको थियो । यस्तै, अमेजनले समेत एकै पटक १८ हजार कर्मचारी कटौतीको निर्णय गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप