बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गेडागुडीमा जडीबुटी मिसाएर खाँदा जुम्लामा एकको मृत्यु, तीन बिरामी

आइतबार, ०८ माघ २०७९, १० : १०
आइतबार, ०८ माघ २०७९

जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा १ जनाको मृत्यु भएको छ । तीन जनाको बिरामी भएका छन्।

मृत्यु हुनेमा  ३५ वर्षीय दीपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया,  २८ वर्षीय टङ्क रोकाया र ३० वर्षीय पारस धराला बिरामी रहेका छन् । बिरामी मध्ये तिल रोकाया घर धनी हुन् । अरू सबै उनको घर बनाउन आएका मिस्री हुन । 

गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरूलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको स्थानीय भैरबहादुर धरालाले बताए ।

उनले गेडागुडीमा हालिएको जडीबुटीमा विष परेको हुन सक्ने बताए । मृतक बाहेक अन्य तीन जना होसमा आइसकेका छन् । तीन जनाको आइसियुमा उपचार भइरहेको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप