गेडागुडीमा जडीबुटी मिसाएर खाँदा जुम्लामा एकको मृत्यु, तीन बिरामी
आइतबार, ०८ माघ २०७९, १० : १०
जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा १ जनाको मृत्यु भएको छ । तीन जनाको बिरामी भएका छन्।
मृत्यु हुनेमा ३५ वर्षीय दीपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया र ३० वर्षीय पारस धराला बिरामी रहेका छन् । बिरामी मध्ये तिल रोकाया घर धनी हुन् । अरू सबै उनको घर बनाउन आएका मिस्री हुन ।
गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरूलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको स्थानीय भैरबहादुर धरालाले बताए ।
उनले गेडागुडीमा हालिएको जडीबुटीमा विष परेको हुन सक्ने बताए । मृतक बाहेक अन्य तीन जना होसमा आइसकेका छन् । तीन जनाको आइसियुमा उपचार भइरहेको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण