२५ वर्ष पुरानो जहाज बेचेर एटीआर खरिद गर्दै बुद्ध एयर
काठमाडौँ । नेपालकै ठूलो निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो पुरानो जहाज बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो हवाई सेवाको शुरुवाती जहाज १९ सिट क्षमताका दुईवटा बिचक्रफ्ट जहाज बेच्न लागेको हो । कम्पनीका अनुसार क्यानडाको स्काइलिंक कम्पनीले उक्त जहाज खरिद गर्न लागेको हो ।
बुद्ध एयरले आफ्नो स्थापनाकाल सन् १९९७ मा ‘नाइन एन (एईई र सन् १९९८ मा ’नाइन एन एईडब्लूु दुईवटा जहाज खरिद गरेको थियो । २५ वर्षअघि प्रतिएयरक्राफ्ट ४.५ मिलियन अमेरिकी डलरमा खरिद गरिएको उक्त जहाज क्यानडियन कम्पनीलाई बिक्री गर्न लागिएको बुद्ध एयरका प्रवन्धनिर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
पुरानो जहाजको मर्मत खर्च तथा व्यवस्थापनमा समस्या भएपछि कम्पनीले आफ्नो पुरानो जहाज बेच्न लागेको हो । यद्यपि, पुरानो जहाज भएपनि उचित मेन्टेनेन्सपछि जहाजले काम गर्ने हुदा क्यानडियन कम्पनीले खरिद गर्न लागेको बुद्ध एयरको भनाइ छ । योसँगै कम्पनीले तीनवटा नयाँ एटीआर जहाज तत्काल थप्ने तयारी गरेको छ । हाल बुद्ध एयरसँग ७२ सिट क्षमताका ११ वटा एटीआर–७२ ५०० एयरक्राफ्टसँगै ३ वटा एटीआर–४२ जहाज रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण