फिल्मकर्मीलाई सम्मान गर्दै ग्लोबल नेपाली फिल्म अवार्डको छैटौँ संस्करण घोषणा
काठमाडौँ । ग्लोबल नेपाली फिल्म अवार्डको छैटौँ संस्करण अमेरिकाको न्युयोर्कमा आयोजना हुने भएको छ । राजधानीमा एक कार्यक्रमका बीच ‘नेपाल फिल्म सोसाईटी’ले १२ अगष्ट २०२३ मा अवार्ड न्युयोर्कमा हुने जानकारी दियो ।
कार्यक्रममा केही अगाडि अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा सम्पन्न अवार्डको पाँचौँ संस्करण समापन गर्दै नयाँ संस्करण घोषणा गरिएको हो । सोही अवसरमा अवार्डमा पुग्न नभ्याएकालाई समेत अवार्ड वितरण गरियो ।
फिल्मकर्मीहरूलाई सम्मान र पुरस्कार मार्फत प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ विगत ५ वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्डका अध्यक्ष नवराज श्रेष्ठले बताए ।
‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नाराका साथ आयोजित अवार्डका सहयोगी, पत्रकार तथा स्पोन्सरहरुलाई समेत सम्मान तथा मायाको चिनो वितरण गरियो । प्रदेश सभा सदस्य मदुकुमार श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकारहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रेमराजा महत, रवीन्द्र खड्का, नबल खड्का, मोहन निरौला, शर्मिला मल्ल, वसुन्धरा भुसाल, चैत्य देवी, शर्मिला मल्ल, विष्णु गोपाल श्रेष्ठ, नारायण प्रधान, अर्जुनजंग शाही, दिनेश डिसी, नारायण पुरी, यज्ञलाल श्रेष्ठ, छविराज जोशी लगायतको कार्यत्रममा उपस्थिति थियो ।
नेपाली फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रवर्द्धन उद्देश्यले ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदैं आएको आयोजक नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।
थुपै कलाकर्मी सहभागी कार्यक्रममा शम्भुजित बास्कोटा, हरिबहादुर थापा, दीपकराज गिरीलगायतलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण