कर्णालीमा हिमपात, जनजीवन कष्टकर

मुगु । मुगुलगायत कर्णालीका जिल्लाहरूमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै सोमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ ।
लगातारको हिमपातले मुगुको पूर्वी करान भेगका वडा , खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत सोरुगाउँपालिकाको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, वाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवा लगायत क्षेत्रको जनजीवन कष्टकर बनेको हो ।
हिमपातको कारण नेपालगञ्ज, सुर्खेतबाट मुगु आउने सवारी साधनहरू रोकिएका छन् । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि निकै समस्यामा परेका छन् ।
अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिनापछि हिमपात सुरु भएको छ । हिमपातसँगको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । चिसोले गर्दा भेडा बाख्रासहित अन्य पशु चौपायालाई समेत समस्या भएको सोरु गाउँपालिकाका पदमबहादुर शाहीले बताए ।
बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यालयको कामकाज प्रभावित भएका छन् । लगायतको हिमपातले ताल्चा विमानस्थल पनि बन्द भएको छ ।
यो वर्ष एक महिना अगावै हिमपात भएका कारण हिउँदे बालीको उत्पादनमा राम्रो हुनेमा कृषकहरू आशावादी छन् । विशेष गरी अहिले खेतबारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरसीबीको विजय उत्सवमा भागदौड, सात जनाको मृत्यु
-
युवाहरूका लागि उद्यमशीलता र रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री
-
नेपाल र नेदरल्यान्डसबिचको खेल वर्षाले अवरुद्ध
-
विराटनगरमा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलन हुँदै
-
राजावादी समूहको नयाँ रणनीति : राजसंस्था पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने
-
पोखराको कोटी होममा किन पुगे राजेश हमाल ?