खेलकुद
म्याच फिक्सिङ प्रकरण : आलम र अन्सारीविरुद्ध ५ दिनको म्याद थप
मङ्गलबार, १० माघ २०७९, १६ : २९
काठमाडौँ । म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको हो ।
टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए ।
प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् ।
सोमबार आलम विराटनगरबाट र अन्सारी सप्तरीबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण