खेलकुद
म्याच फिक्सिङ प्रकरण : आलम र अन्सारीविरुद्ध ५ दिनको म्याद थप
मङ्गलबार, १० माघ २०७९, १६ : २९

काठमाडौँ । म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको हो ।
टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए ।
प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् ।
सोमबार आलम विराटनगरबाट र अन्सारी सप्तरीबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश