बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१५ बैशाखमा नेपाल म्यूजिक अवार्ड

बुधबार, ०९ फागुन २०७४, १४ : ०९
बुधबार, ०९ फागुन २०७४

काठमाडौं – ‘नेपाल म्यूजिक अवार्ड २०७५’को नोमिनेशन १५ फागुनमा सार्वजनिक हुँदैछ । चाहाना मिडिया आयोजक रहेको अवार्डको अहिले आवेदन फारम भर्ने काम सकिएको छ ।सन् २०१७ भित्र उत्पादन भएका विभिन्न नेपाली गीत संगीतले अवार्डमा आवेदन फारम भरेका छन् । आयोजकले अनलाईन प्रणाली मार्फत फारम भर्ने व्यवस्था मिलाएको थियो ।
अवार्डका लागि अनलाईनबाट करिब ११ सय तथा अन्य माध्यमबाट ३ सय बढीले आवेदन  दिएको चाहाना मिडियाका अध्यक्ष एवं अवार्ड मुल आयोजक समितिका संयोजक सहदेव कोइरालाले बताए । 
३८ विधामा बाडिने अवार्डको उत्कृष्ट पाँच सुचि अहिले तयार भइरहेको छ । १५ सुचि सार्वजनिक गरेर २० गते उत्कृष्ट पाँच भित्र पर्नेलाई प्रमाण पत्र वितरण गरिने संयोजक कोइरालाले जानकारी दिए । 
‘नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान’ गर्ने उद्देश्यले आयोजना हुन लागेको अवार्डमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘लाइफ टाइम अचिभमेन्ट’अवार्ड, वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछानेलाई लोक साहित्य सम्मान तथा प्राज्ञ हरिदेवी कोइरालाई विशेष सम्मान दिइनेछ । 
अवार्ड समारोह आगामी १५ बैशाखमा काठमाडौँको होटल अन्नपूर्णमा आयोजना हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप