शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के रेखा र पूजाले फिल्म बनाउन लागेका हुन् ?

मङ्गलबार, १० माघ २०७९, १४ : ४७
मङ्गलबार, १० माघ २०७९

काठमाडौं । केही दिनयता सामाजिक संजालमा रेखा थापा र पूजा शर्मासँगै भएका तस्बिर देखिएका छन् । फिल्म लेखक शिवम् अधिकारी र वितरक करण श्रेष्ठलगायतले उक्त तस्बिर पोष्ट गरेका हुन् ।  तस्बिरका साथमा उनीहरुले केही पनि उल्लेख गरेको छैनन् । तर रेखा र पूजासँगै देखिनुलाई उनीहरुले नयाँ प्रोजेट एकसाथ गर्न लागेको अनुमान गर्न थालिएको छ । 

स्रोतकाअनुसार रेखा र पूजा चैत्र महिनादेखि नयाँ फिल्म बनाउने तयारीमा छन् । यसका लागि कथा लेख्ने काम धमाधम चलिरहेको छ । फिल्म ३ जना महिला चरित्र माथि बन्ने छ । जसमा रेखा र पूजा नै लिड भूमिकामा हुनेछन् भने एक अभिनेत्री पनि फिल्मका लागि भित्रिने छिन् ।

नेपालमा महिला केन्द्रित फिल्म कम बनिरहेका छन् । सोही कारण पनि रेखा र पूजाले यस्तो फिल्म बनाउन लागेको बताइन्छ । फिल्मको निर्देशकदेखि अन्य पक्ष फाइन हुन बाँकी छ । फिल्मको बितरण करणले गर्नेछन् । पूजा र रेखाले केही अगाडि पनि फिल्म बनाउने तयारी गरेका थिए । तर तयारीकै क्रममा उक्त प्रोजेक्ट रोकिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप