के रेखा र पूजाले फिल्म बनाउन लागेका हुन् ?
काठमाडौं । केही दिनयता सामाजिक संजालमा रेखा थापा र पूजा शर्मासँगै भएका तस्बिर देखिएका छन् । फिल्म लेखक शिवम् अधिकारी र वितरक करण श्रेष्ठलगायतले उक्त तस्बिर पोष्ट गरेका हुन् । तस्बिरका साथमा उनीहरुले केही पनि उल्लेख गरेको छैनन् । तर रेखा र पूजासँगै देखिनुलाई उनीहरुले नयाँ प्रोजेट एकसाथ गर्न लागेको अनुमान गर्न थालिएको छ ।
स्रोतकाअनुसार रेखा र पूजा चैत्र महिनादेखि नयाँ फिल्म बनाउने तयारीमा छन् । यसका लागि कथा लेख्ने काम धमाधम चलिरहेको छ । फिल्म ३ जना महिला चरित्र माथि बन्ने छ । जसमा रेखा र पूजा नै लिड भूमिकामा हुनेछन् भने एक अभिनेत्री पनि फिल्मका लागि भित्रिने छिन् ।
नेपालमा महिला केन्द्रित फिल्म कम बनिरहेका छन् । सोही कारण पनि रेखा र पूजाले यस्तो फिल्म बनाउन लागेको बताइन्छ । फिल्मको निर्देशकदेखि अन्य पक्ष फाइन हुन बाँकी छ । फिल्मको बितरण करणले गर्नेछन् । पूजा र रेखाले केही अगाडि पनि फिल्म बनाउने तयारी गरेका थिए । तर तयारीकै क्रममा उक्त प्रोजेक्ट रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण