शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

स्पट फिक्सिङ : एक खेलमा १० लाखसम्मको अफर

मङ्गलबार, १० माघ २०७९, १५ : १८
मङ्गलबार, १० माघ २०७९

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल टी–२० क्रिकेट प्रक्रियागितामा स्पट फिक्सिङका लागि १० लाख सम्मको प्रलोभन दिइएको खुलेको छ । 

ब्युरोले मंगलबार गरेको पत्रकार सम्मेलनका क्रममा फिक्सिङका लागि ५ खेलाडीलाई प्रस्ताव आएको र जसमध्ये दुई जनाको संलग्नता देखिएको छ । जसअनुसार प्रहरीले सोमबार  पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए ।

अन्य तीन जना खेलाडीले भने प्रस्ताव नकारेको अनुसन्धानबाट खुलेको ब्युरोका एसएसी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार एक खेलमा स्पट फिक्सिङ गर्दा प्रतिखेलाडी ६ देखि १० लाखसम्म प्रलोभन दिइएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् ।

सोमबार आलम विराटनगरबाट र अन्सारी सप्तरीबाट पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप