स्पट फिक्सिङ : एक खेलमा १० लाखसम्मको अफर
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल टी–२० क्रिकेट प्रक्रियागितामा स्पट फिक्सिङका लागि १० लाख सम्मको प्रलोभन दिइएको खुलेको छ ।
ब्युरोले मंगलबार गरेको पत्रकार सम्मेलनका क्रममा फिक्सिङका लागि ५ खेलाडीलाई प्रस्ताव आएको र जसमध्ये दुई जनाको संलग्नता देखिएको छ । जसअनुसार प्रहरीले सोमबार पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए ।
अन्य तीन जना खेलाडीले भने प्रस्ताव नकारेको अनुसन्धानबाट खुलेको ब्युरोका एसएसी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार एक खेलमा स्पट फिक्सिङ गर्दा प्रतिखेलाडी ६ देखि १० लाखसम्म प्रलोभन दिइएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् ।
सोमबार आलम विराटनगरबाट र अन्सारी सप्तरीबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण