पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छ जना पक्राउ
स्याङ्जा । प्रभु हेलिकप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण गरेका प्रभु हेलिकप्टरका पाइलट क्याप्टेन रनेश डङ्गोललाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पदमराज थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा हेलिकप्टर चढेर पोखरादेखि वालिङ आएका चार यात्रु तथा खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरेपछि अभद्र व्यवहार गर्ने दुई जना रहेका छन् । उनीहरुमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
हेलिकप्टरमा आएका यात्रुमा वालिङका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरी र खीमबहादुर राना छन् । उनीहरुले पाइलट डङ्गोललाई जबरजस्ती खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण गर्न लगाएको प्रहरी प्रवक्ता थापाले बताए ।
हेलिकप्टर अवतरण गरेपश्चात पाइलटमाथि वालिङका यामबहादुर गुरुङ र सुरेश श्रेष्ठले अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासन तथा खेल आयोजक क्लबलाई पूर्वसूचना नदिइकन खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण