तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने
बुधबार, ११ माघ २०७९, ०८ : ५८
पाल्पा । तानसेन–रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ । सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो ।
माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म सबै सवारी आवागमन बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए ।
यसअघि पनि सोही सडकखण्डमा पटक–पटक सूचना निकालेर सडक चौडा पार्ने काम हुँदैआएको थियो । उक्त सडकखण्ड भएर पाल्पा, गुल्मीलगायतका क्षेत्रका यात्रु दैनिक आवतजावत गर्दछन् । यस सडकखण्ड भएर आवतजावत गर्ने यात्रुले वैकल्पिकरूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाको बाटो प्रयोग गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी