सुदूरपश्चिममा बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्रीमा रोक
कैलाली । सुदूरपश्चिम प्रदेशमा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपाल आयल निगमको आधिकारिक बिक्रेताबाहेक अरुले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको हो । जसअनुसार गैरकानूनी तरिकाले पेट्रोलियम पदार्थ बोतल तथा जर्किनलगायतका भाँडामा राखी बिक्री गर्न नपाइने भएको हो ।
“कार्यालयबाट भएको अनुगमनमा अवैधरुपले पेट्रोलियम पदार्थ बिक्रीवितरण भएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “यसबारे गम्भीर ध्यानाकर्षण भएको छ ।” विज्ञप्तिमा अति प्रज्वलनशील पदार्थ खुलारुपले बिक्री वितरण तथा भण्डारण गर्दा आगलागीका घटना निम्तिनेसँगै मानवीय र भौतिक क्षति हुने भएकाले रोक लगाइएको उल्लेख छ, गैरकानुनीरुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिएको पाइए कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण