शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

माइतीघरमा आक्रोश : अर्को जल्दो शरीर मेरो नहोस् (फोटोफिचर)

बिहीबार, १२ माघ २०७९, १४ : २९
बिहीबार, १२ माघ २०७९

काठमाडौँ ।  इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसम्बन्धी घटनामा माइतीघरमा प्रदर्शन गरिएको छ । ‘राज्यद्वारा गरिएको हत्या विरुद्ध काठमाडौं अपराइजिङ’ नामको ब्यानरमा गरिएको प्रदर्शनका क्रममा सरकारको आलोचना गरिएको थियो ।  भ्रष्ट राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीहरुले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए । जसमा ‘देशमा केही गर्छु भन्नु अपराध हो सरकार ?, मैले देशमा सपना देख्न पाउने कि नपाउने ?, खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, अर्को जल्दो शरीर मेरो नहोस् लगायत थिए । 

आचार्यको बुधबार उपचारको क्रममा बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो भने मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफूलाई आगो लगाएका थिए । व्यवसायी उनले आफू किन मर्न बाध्य भए भन्ने विषय सुसाइड नोटमा लेखेका छन् भने राज्य संयन्त्रलाई पनि विभिन्न दोष लगाएका छन् । 

उनको मत्युपछि आक्रोशमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

maitighar-prem (2)maitighar-prem (3)maitighar-prem (4)maitighar-prem (5)maitighar-prem (6)maitighar-prem (8)maitighar-prem (9)maitighar-prem (10)maitighar-prem (11)maitighar-prem (12)maitighar-prem (13)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप