सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेको कारोबार घट्यो, झिनो अंकले बजार घट्दा ३ कम्पनीको मूल्यमा सर्किट

बिहीबार, १२ माघ २०७९, १५ : १६
बिहीबार, १२ माघ २०७९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा सामान्य गिरावट आएको छ । यस दिन नेप्से सूचक ०.३५ अंकले घट्दै २१८३.२७ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १०.३७ अंकले बढ्दै २१८३.६२ अंकमा उक्लिएको थियो । 
आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् । 
त्यसो त घट्दो बजारमा आज तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको अन्तिम कारोबार दिन लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो । 
०.३५ अंकले नेप्से घटेको दिन कुल २ अर्ब ८६ करोड ८२ हजार रुपैयाँ बराबरको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप