बक्स अफिसमा पठानको बम्पर ओपनिङ, बनायो नयाँ रेकर्ड
मुम्बई । शाहरुख खानको फिल्म पठानले बक्स अफिसमा पहिलो दिन ५५ करोड भारुको बम्पर ओपनिङ गरेको छ । यो बलिउडको इतिहासमा पहिलो दिनकै सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्म बनेको छ । यसअघि ऋतिक रोशनको फिल्म ‘वार’ले पहिलो दिन ५१.६ करोड भारु कमाएको थियो । अर्कोतर्फ पठानले विश्वभर १०० करोडभन्दा बढी कमाएको छ । २५० करोड भारुको बजेटमा बनेको यो फिल्म विश्वभर ८ हजार स्क्रिनमा रिलिज भएको थियो । पठान रिलिज हुनुअघि नै निकै विवादमा परेका थिए । फिल्मको गीत बेशरम रंगलाई लिएर देशका धेरै ठाउँमा विरोध भएको थियो ।
उक्त गीतमा दीपिकाको पहिरनमा हिन्दूवादी संगठनले आपत्ति जनाएका थिए । फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले पठानले पहिलो दिन ५५ करोड भारु कमाएको बताए । दोस्रो दिन भारतमा कमाईको आंकडा १०० करोड भारु नाघ्ने उनको भनाई छ छ । यो फिल्म हिन्दी तमिल र तेलुगु सहित ५५०० स्क्रिनमा रिलिज भएको थियो । योसँगै फिल्मले विदेशमा २५ सय स्क्रिन पाएको छ । सुरुमा ५ हजार २ सय स्क्रिनमा रिलिज भएको यो फिल्मको क्रेजलाई मध्यनजर गर्दै थप ३ सय स्क्रिन बढाइएको छ ।
पठानको रिलिजसँगै कोभिडको समयमा बन्द भएका २५ सिंगल स्क्रिन पुनः खोलिएका छन् । यसको जानकारी शाहरुख आफैले आफ्नो सामाजिक सञ्जालमार्फत दिएका छन् । शाहरुख चार वर्षपछि पठानसँग सिल्भर स्क्रिनमा फर्किएका छन् । उनी पछिल्लो पटक २०१८ को फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । यी चार वर्षमा उनले 'ब्रह्मास्त्र', 'लाल सिंह चड्ढा' र 'रकेटरी' जस्ता फिल्महरूमा क्यामियो गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण