नाइजेरिया विष्फोटमा २७ जनाको मृत्यु
बिहीबार, १२ माघ २०७९, १९ : ०१
अबुजा । मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ ।
विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका नासारवाका प्रहरी प्रवक्ता रमहान नान्सेलले जानकारी दिएका छन् । घटनामा ज्यान गुमाएका सबै फिरन्ते पशुपालक भएका उनले जनाएका छन् ।
विष्फोटको कारण पत्ता लगाउन प्रहरीका साथै अन्य सुरक्षा निकायका अधिकारी परिचालन गरिएको छ । नासारवाका गभर्नरले विष्फोटलाई दुर्भाग्यपूर्ण भन्दै दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण