शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आप्रवासनलाई व्यवस्थित गर्न युरोपियन मन्त्रीहरुको माग

शुक्रबार, १३ माघ २०७९, १२ : ३३
शुक्रबार, १३ माघ २०७९

स्टकहोम । युरोपियन युनियनआबद्ध मन्त्रीहरुले नागरिकहरुको अवैध रुपमा हुने गरेको आप्रवासनलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनीहरुले युरोपका देशहरुमा अन्य देशबाट आएका आप्रवासीहरुको अवस्था निकै अव्यवस्थित रहेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन् । स्टकहोममा भएको युरोपियन युनियनका गृह तथा न्याय मन्त्रीहरुको बैठकमा सो विषयमा छलफल भएको बताइएको छ ।
 
उनीहरुले विभिन्न समस्याका कारण अन्य देशहरुबाट युरोपियन युनियनका देशमा आप्रवासीहरु छिर्ने गरेका र उनीहरु निकै असुरक्षित रुपमा छिर्ने गरेका पनि देखिएकाले ती नागरिकको सुरक्षा तथा सुरक्षित रुपमा स्वदेश फिर्ताका लागि पहल हुनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरु युरोप छिर्ने र यी देशहरुमा शरण माग्ने गरेका र उनीहरुलाई अफ्ना देशमा फिर्ता गर्नका लागि विभिन्न खालका समस्या रहेका पनि मन्त्रीहरुले बताएका छन् । यसका लागि युरोपका देशहरु तयार भएपनि उनीहरुलाई शरण दिने र यहाँका देशमा बसोबासका लागि आवश्यक मात्रामा सहयोग गर्ने काम निकै नै चुनौतीपूर्ण देखिएको ती मन्त्रीहरुको निष्कर्ष थियो । 

सो बैठकमा ती नागरिकहरुमध्ये धेरैजसो शरणार्थीका रुपमा युरोपेली देशहरुमा प्रवेश गर्ने गरेकाले उनीहरुका सम्बन्धित देशका साथै युरोपका सबै देशले आपसमा समन्वय गर्नुपर्ने पनि सो बैठकमा सहमति भएको थियो । पछिल्ला वर्षहरु तेस्रो देशमा जारी विभिन्न समस्या एवं युद्धका कारण शरणार्थीका रुपमा युरोप छिर्ने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप