मुस्लिम समुदायलाई विभाजित बनाउने प्रयास भइरहेको छ : अध्यक्ष अन्सारी
काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको बताएका छन् । शुक्रबार मुस्लिम समुदायबाट प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तराई, पहाड र हिमालमा बस्ने मुस्लिमहरुलाई विभाजित बनाउने प्रयास भइरहेको भन्दै क्षणिक फाइदाका लागि पूरा समुदायलाई नै खतरा हुने काम नगर्ने आग्रह गरेका हुन् ।
अध्यक्ष अन्सारीले कोही व्यक्तिको क्षणिक लाभ र लोभमा परेर अहिलेसम्म मुस्लिम समुदायले पाएका उपलब्धिहरु गुम्न नदिन सचेत गराए । उनले मुस्लिम आयोगसँग काम गर्नका लागि आवश्यक जनशक्ति र बजेट नभएको गुनासो पनि गरे । उनले मुस्लिम आयोगमा काम गर्ने कर्मचारी एकजना पनि मुस्लिम नहुनु दुःखद् रहेको बताए । उनले मुस्लिम आयोगलाई बजेट र भत्त सिध्याउने आयोगमा रुपमा आरोप लगाइरहेको भन्दै आयोगको उद्देश्य नीति नियम लागू गर्ने रहेको र त्यसमा आयोग दत्तचित्त भएर लागिपरेको बताए । अध्यक्ष अन्सारीले मुस्लिम समुदायको प्रतिनिधत्व गर्ने सांसदहरुले संसदमा जोडपूर्वक मुस्लिमह समुदायका मागहरु उठाउन सक्नुपर्ने बताए ।
उनले भने, ‘जुन तत्वले हामी एक अर्कालाई टुक्रा पारेर, विभाजित बनाउने प्रयास गरेर हामीलाई किन चाहियो मुस्लिम क्लस्टर, हामी मधेसमा बस्नेलाई मधेसी नै ठिक छ भन्ने किसिमको आवाजहरु गाइँगुइँ सुन्छु । यो घातक कुरा हो । क्षणिक फाइदा हेरेर, क्षणिक लोभमा परेको खण्डमा पाएको उपलब्धिहरु सबै गुम्नसक्छ । यसमा सावधान हुनुपर्छ । हामीसँग श्रोत, साधनको कमी छ, बजेटेको कुरा गर्ने हो भने गाउँपालिकाको आधा पनि बजेट नै छैन । कर्मचारी पनि कमी छ । कर्मचारी एकजना पनि मुस्लिम कर्मचारी छैन । हाम्रो चाहना छ, मुस्लिम आयोगमा मुस्लिम सचिव नै आओस् भन्ने हो । मुस्लिम आयोगमा बजेट र भत्ता सिध्याउने मात्रै काम भइरहेको छ भन्ने पनि छ तर त्यो होइन । हाम्रो प्रमुख उद्देश्य नीति, नियम लागू गर्ने हो ।’
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिफ साहले आफू खान नपुगेर र नाम कमाउनका लागि राजनीतिमा नआएको बताए । उनले संसदमा आफू उपस्थित हुँदा आफ्नो समयको अवमूल्यन भएको बताए । उनले प्रतिनिधिसभाको बैठकमा नीति नियमको बारेमा छलफल हुनुपर्ने ठाउँमा एकले अर्कालाई घोचपेच गर्ने काम मात्रै भइरहेको बताए । उनले पार्टी सभापतिलाई आफूले १ वर्ष भित्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जनमुखी काम गर्न नसके सांसद पद छोड्ने भनिसकेको स्पष्ट पारे ।
उनले भने, ‘म नाम कमाउनको लागि यो क्षेत्रमा आएको होइन खान नपाएर पनि यो क्षेत्रमा आएको होइन, मैले पार्टी अध्यक्षलाई भनेको छु, यो पार्टीले पनि १ वर्ष भित्रमा राम्रोसँग जनताका गुनासाहरु सम्बोधन गर्न सकेन भने सांसदको उपमा तपाईको टेबलमा राखेर हिँड्नु भनेको छु । मबाट इमान्दारिताको कुरामा ढुक्क हुनुहोस् । सुशासनको कुरामा हामी लागिरहेका छौँ । संसदमा जाँदा हाम्रो अनुभव राम्रो भएन । त्यहाँ हामीले हामी प्रतिनिधिसभाका सदस्यहरु भएर गए पनि समयको अवमूल्यन भयो, एकले अर्कालाई होच्याउनमै बित्यो ।’ सांसद साहले संसदलाई मर्यादित बनाउन आफ्नो पार्टीले संसद महासचिवसँग आग्रह गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी जनताको अवस्था परिवर्तनका लागि आएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
एमालेको कार्यविभाजनमा बास्कोटाको प्रश्न, ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण