सभामुखको कार्यालय हाइज्याक भयो, संसद्मा कुनै प्रतिपक्ष छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली काँग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताएका हुन् ।
उनले नेकपा एमाले र सरकार सभामुखसँग चाँडोभन्दा चाँडो काँग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको बताए । उहाँले संसद्लाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोपसमेत लगाए । संसद्मा कुनैपनि प्रतिपक्ष नरहेको बताउँदै गर्दै संसद्लाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मूल मर्म र आत्मामाथिको प्रहार भएको बताए । उनले भने, ‘संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको छ । संविधानको विद्यार्थीले संविधान पढ्ने हो भने उसलाई कुनैपनि पावर छैन भन्छ तर बाहिरको कुरा हेर्ने हो भने सिंहदरबारबाट पावर सिस्टम नै शीतलनिवासतिर सिफ्ट भयो । राष्ट्रपतिले दुई दुई पटक सरकारबाट गएको विधेयक पनि पास गर्नुभएन । संविधान नै गोजीमा राखेर हिँड्नुभएको जस्तो भयो । प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन, तर उहाँ नै जनताबाट सबैभन्दा धेरै मतले जितेर आउनुभयो ।’
उनले थपे, ‘अर्को कुरा संसद् भाइब्रेण्ट हुनुपर्छ तर हामीले संसद्लाई राष्ट्रिय पञ्चायत जस्तो बनाइदियौँ । किनभने कोही पनि संसद्मा प्रतिपक्ष छैन, सारा सत्ता पक्ष , झनै हाइज्याकमा परेको छ । यो संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार हो । नर्थ कोरियाको जनकंग्रेस जस्तो बनायौँ । अपोजिसनको संवैधानिक भूमिका छन् भन्ने कुरा पनि हेक्का राखिएन । सत्ता पक्षलाई भोट हाल्ने प्रतिपक्ष हुँ भन्ने कन्स्टियुसन मोडालिटी भएन । हतारमा सभामुखसँग मिलेमतो गरेर एउटा राजनीतिक पार्टीको समर्थनमा यो सरकार बनेको त्यसको चाहनामा नेपाली काँग्रेसलाई अपोजिशनको दर्जा दिन लगाइएको छ, सभामुखको प्रयोग गरेर, त्यो एमाले पार्टीको चाहनामा भएको छ । सभामुखको कार्यालय पनि हाइज्याक भएको छ, किनभने चाँडो भन्दा चाँडो नेपाली काँग्रेसलाई अपोजिशनमा धकेल भनिएको छ । त्यो भयो भने एमालेकै चाहनामा सरकार हुने भयो ।’ राजनीतिक पार्टीहरू एजेण्डा विचारविहीन भएको र पार्टीहरू भनेको दासहरुको कुम्भ भेला जस्तो भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण