बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सेक्स र शाहरुख....’ २० वर्ष अघि नेहाले भनेकी थिइन् यो कुरा, भनिन् – आज पनि मिल्छ

आइतबार, १५ माघ २०७९, १४ : ३०
आइतबार, १५ माघ २०७९

शाहरुख खानले चार वर्षपछि सिल्भर स्क्रिनमा फिर्ता भएपछि मनौँ हलमा बहार आएको छ । शाहरुखको नयाँ फिल्म ‘पठान’ हेर्न धेरै मानिस हलमा पुगिरहेका छन् । विश्वभरी यो फिल्मले चार दिनमा ४०० करोड भारु संकलन गरिसकेको छ । शाहरुखलाई ठूलो पर्दामा देखेर मानिसहरु निकै उत्साहित भएका छन् । यसैबीच नेहा धुपियाको एउटा पुरानो बयान भाइरल भएको छ ।

आज पनि मिल्छ नेहाको कुरा ?

यो कुरा सन् २००४ को हो जब एक अन्तरवार्तामा नेहा धुपियाले भनेकी थिइन्, ‘या त सेक्स बिक्स या शाहरुख खान । ’ अब यो बयानको विषयमा एकपटक पुनः नेहा धुपियाले ट्विट गरेकी छिन् । उनले ट्विटमा लेखिन्, ‘२० वर्ष पछि पनि मेरो कुरा साँचो हो । यो कुनै अभिनेताको करियर होइन एक राजाको राज हो ।’

सन् २००४ को कुरा गर्नुपर्दा त्यतिबेला नेहा धुपियाको फिल्म ‘जुली’ आएको थियो । यो फिल्ममा नायिकाले थुप्रै इन्टिमेट सीन दिएकी थिइन् । नेहा धुपियाले ‘जुली’ मा यौनकर्मीको भूमिका निभाएकी थिइन् । यहीँबाट उनले ‘सेक्स सिम्बल’ को ट्याग पाएकी थिइन् । फिल्ममा नेहाको भूमिकाको विषयमा एक अन्तरवार्तामा सोधिएको थियो ।

नेहा धुपियाको ट्वीट

tweetअन्तरवार्तामा नेहा धुपियाले के भनेकी थिइन् ?

यसमा नेहा धुपियाले भनेकी थिइन्, ‘जुलीमा थुप्रै लभ मेकिङ सिन्स र शट्स छन् जसमा मेरो शरीर देखाइएको छ । मलाई सेक्स सिम्बलको ट्यागबाट फरक पर्दैन । मैले जुलीमा यस्तो काम गरेर मल्लिका शेरावत र बिपाशा बसुलाई पछाडि पारेको छु भनेर धेरैले भनिरहेका छन्, यसले मलाई कुनै फरक पार्दैन । आजको समयमा या त सेक्स बिक्छ या शाहरुख खान । त्यसैले म आफ्नो अर्को पाँच फिल्ममा सेक्स प्रप बन्न रुचाउनेछु ।’

यही कुरा नेहा धुपियाले एउटा च्याट शोमा पुनः भनेकी थिइन् । साथै, उनले आफ्नो च्याट शो ‘नोफिल्टरनेहा’ मा शाहरुख खान आएको हेर्न चाहेको पनि बताइन् । उनले भनिन्, ‘मलाई लाग्छ कि थुप्रै चिज आजको समयमा फेरिरहेको छ । तर एक चिज जुन आज पनि जस्ताको तस्तै छ, र त्यो हो सेक्स र शाहरुख खान बिक्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप