अन्तरघातीको सूची पठाउन कांग्रेसले पुनः थप्यो म्याद
आइतबार, १५ माघ २०७९, १६ : १३
काठमाडौं । नेपाली कांग्रेसले गत आम निर्वाचनका अन्तरघातीलाई कारबाहीका लागि सिफारिस गर्ने समय पुनः थप गरेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताको सूची यही माघ १५ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।
मातहतका समितिबाट म्याद थपका लागि सिफारिस आएपछि अनुशासन समितिले माघ मसान्तसम्मका लागि म्याद थपेको कांग्रेस सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसघि कांग्रेसले पुस १५ मा आफ्ना र गठबन्धनका अन्तरघातीको सूची केन्द्रमा पठाउन भनेको थियो । पुस १० गठबन्धन भत्किएपछि कांग्रेसले पार्टीका उम्मेदवारलाई असहयोग गर्नेको मात्र सूची पठाउन भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण