नयाँ गृहमन्त्रीका विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उनीहरुबीच छलफल भएको बताइएको छ । सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैरनागरिक ठहर गरेछि गृहमन्त्री पद रिक्त छ । लामिछानेले सर्वोच्चको फैसलासँगै उपप्रधान तथा गृहमन्त्रीबाट शुक्रबार नै राजीनामा दिएका थिए । आज उनले नागरिकता पुनः प्राप्ति गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमा दाबी गर्ने बताएका थिए ।
यस्तै बैठकमा फागुन २८ भित्र हुने राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन् भने एमाले अध्यक्ष ओली विपक्षमा । राष्ट्रपतिमा एमालेको उम्मेदवारमा मात्र राष्ट्रिय सहमति हुन सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना