नयाँ गृहमन्त्रीका विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उनीहरुबीच छलफल भएको बताइएको छ । सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैरनागरिक ठहर गरेछि गृहमन्त्री पद रिक्त छ । लामिछानेले सर्वोच्चको फैसलासँगै उपप्रधान तथा गृहमन्त्रीबाट शुक्रबार नै राजीनामा दिएका थिए । आज उनले नागरिकता पुनः प्राप्ति गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमा दाबी गर्ने बताएका थिए ।
यस्तै बैठकमा फागुन २८ भित्र हुने राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन् भने एमाले अध्यक्ष ओली विपक्षमा । राष्ट्रपतिमा एमालेको उम्मेदवारमा मात्र राष्ट्रिय सहमति हुन सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण