इरानी सैन्य कारखानामा ड्रोन आक्रमणको पछाडि इजरायलको हात हुन सक्छ : अमेरिकी अधिकारी
आइतबार अबेर राती इरानको एक सैन्य कारखानामा भएको एक ड्रोन हमलाको पछाडि सम्भवतः इजराइलको हात भएको एक अमेरिकी अधिकारीले बताएका छन् ।
इरानले इस्फाहान सहर नजिकैको सैन्य उद्योगलाई लक्षित गरी यो ड्रोनलाई रोकेको दाबी गरेको छ, यस हमलामा कोही पनि मारिएको वा गम्भीर घाइते भएका छैनन् ।
स्थानीय सञ्चारमाध्यममार्फत् सार्वजनिक भएको फुटेजमा आकाशमा एउटा फ्ल्यास देखिएको र घटनास्थलमा केही आपतकालीन सवारी साधनहरु पनि देखिएका छन् ।
यस विषयमा इजरायलबाट अहिलेसम्म कुनै वक्तव्य आएको छैन ।
इरानको कट्टर प्रतिद्वन्द्वी इजरायलले लामो समयदेखि तेहरानको आणविक वा क्षेप्यास्त्र कार्यक्रमलाई रोक्न कूटनीति असफल भएमा इरानी सैन्य लक्ष्यहरूमाथि हमला गर्न सक्ने बताएको छ ।
अमेरिकी रक्षा विभाग पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक राइडरले इरानमाथिको आक्रमणमा अमेरिकाको कुनै हात नभएको बताएका छन् ।
एक अमेरिकी अधिकारीले नाम न छाप्ने सर्तमा समाचार एजेन्सी रोयटर्सलाई भने कि इरानमाथिको आक्रमणको पछाडि इजरायलको हात रहेको विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण