इरानी सैन्य कारखानामा ड्रोन आक्रमणको पछाडि इजरायलको हात हुन सक्छ : अमेरिकी अधिकारी

आइतबार अबेर राती इरानको एक सैन्य कारखानामा भएको एक ड्रोन हमलाको पछाडि सम्भवतः इजराइलको हात भएको एक अमेरिकी अधिकारीले बताएका छन् ।
इरानले इस्फाहान सहर नजिकैको सैन्य उद्योगलाई लक्षित गरी यो ड्रोनलाई रोकेको दाबी गरेको छ, यस हमलामा कोही पनि मारिएको वा गम्भीर घाइते भएका छैनन् ।
स्थानीय सञ्चारमाध्यममार्फत् सार्वजनिक भएको फुटेजमा आकाशमा एउटा फ्ल्यास देखिएको र घटनास्थलमा केही आपतकालीन सवारी साधनहरु पनि देखिएका छन् ।
यस विषयमा इजरायलबाट अहिलेसम्म कुनै वक्तव्य आएको छैन ।
इरानको कट्टर प्रतिद्वन्द्वी इजरायलले लामो समयदेखि तेहरानको आणविक वा क्षेप्यास्त्र कार्यक्रमलाई रोक्न कूटनीति असफल भएमा इरानी सैन्य लक्ष्यहरूमाथि हमला गर्न सक्ने बताएको छ ।
अमेरिकी रक्षा विभाग पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक राइडरले इरानमाथिको आक्रमणमा अमेरिकाको कुनै हात नभएको बताएका छन् ।
एक अमेरिकी अधिकारीले नाम न छाप्ने सर्तमा समाचार एजेन्सी रोयटर्सलाई भने कि इरानमाथिको आक्रमणको पछाडि इजरायलको हात रहेको विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने दाबीसहितको रिट दर्ता भएन, बिहीबार निर्णय हुने
-
पशुपति क्षेत्र विकास कोषको म्याद दुई वर्षदेखि थपिएन
-
प्राधिकरणले विद्युत नियमन आयोगलाई बुझाएन सेवाशुल्क बापतको ९० करोड ९८ लाख
-
इमरान खानले भने– पाकिस्तान पनि मेरो हो र सेना पनि
-
इजरायलसँगको सम्बन्धबारे ट्रम्पले सिरियालाई गरे यस्तो अपील
-
इरानसँग सम्झौता गर्न चाहन्छु : डोनाल्ड ट्रम्प