ट्रेलरमा यस्तो देखियो ‘मनसँग मन’
काठमाडौंँ । फिल्म ‘मनसँग मन’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेटको ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार–चढाव समेटिएको छ । ट्रेलरको वर्षाको प्रेम पुष्पसँग र बिवाह बुद्धि तामाङसँग भएको देखिन्छ । फिल्मका निर्देशक कैलाश राई हुन् । २७ माघबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अरुण तामाङ ले निर्माण गरेका हुन् ।
फिल्ममा पुष्प, बर्षा र बुद्धिको अलवा रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दासलगायतको अभिनय छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ । सन्तोष खवासको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत रहेको फिल्मको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान