ट्रेलरमा यस्तो देखियो ‘मनसँग मन’
काठमाडौंँ । फिल्म ‘मनसँग मन’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेटको ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार–चढाव समेटिएको छ । ट्रेलरको वर्षाको प्रेम पुष्पसँग र बिवाह बुद्धि तामाङसँग भएको देखिन्छ । फिल्मका निर्देशक कैलाश राई हुन् । २७ माघबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अरुण तामाङ ले निर्माण गरेका हुन् ।
फिल्ममा पुष्प, बर्षा र बुद्धिको अलवा रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दासलगायतको अभिनय छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ । सन्तोष खवासको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत रहेको फिल्मको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण