एघार वर्षपछि कलाकार बाङ्देलको सालिक उद्यानमा राखियो
खोटाङ । वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उनको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा राखिएको हो ।
साहित्यकार बाङ्देलको सालिक वडा कार्यालयबाट रु दुई लाख बजेट विनियोजन गरेर भने “लामो समयसम्म दिक्तेल बजारमा अलपत्र बनेको बाङ्देलको सालिक वडा कार्यालयको सहयोगमा उद्यान निर्माण गरेर उहाँकै पुख्र्यौली थलोमा सम्मानस्वरुप राखिएको छ ।”
सार्वजनिकस्थलमा राख्ने गरी मोरङको बेलबारीका मूर्तिकार श्याम गौतमले बाङ्देलको सालिक बनाएर विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गरेका थिए । कलाकार गौतमले बाङ्देलको सालिकसहित हलेसीमा राख्ने गरी एउटा शिवलिङ्ग र बसाहाको ढुङ्गेमूर्ति निःशुल्क हस्तान्तरण गरेको जनाइएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित पसल तथा होटलको पेटीमा अपमानित तरिकाले पाँच–छ वर्ष राखिएको बाङ्देलको सालिकलाई विसं २०७३ मा तत्कालीन गाविसबाट ढुवानी खर्च छुट्याएर ट्र्याक्टरमा बोकेर राखाबाङ्देल लगिएको थियो । दिक्तेलसम्म सालिक पुर्याउने क्रममा तत्कालीन जिल्ला विकास समितिले गौतमलाई रु ३० हजार भाडा दिएको जनाइएको छ ।
जिविस र जिल्लास्थित राजनीतिक दलका नेताहरूले दिक्तेलको रत्नपार्क आसपासमा बाङ्देलको सालिक राख्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयनमा कसैले चसो नदिँदा कलाकार बाङ्देलको सालिक दिक्तेल बजारमा वर्षौँसम्म सडकपेटीमा प्लाष्टिकले छोपेर बेवारिसे अवस्थामा राखिएको थियो ।
स्थापनामा चासो नदिइँदा दिक्तेलमा बेवारिसे बनेको कलाकार बाङ्देलको सालिक स्थापनाका लागि विसं २०७१ मा अगमसिं राईको संयोजकत्वमा १५ सदस्यीय लैनसिं बाङ्देल प्रतिमा स्थापना समिति गठन गरिएको थियो । नाछिरिङ राई समुदायका साहित्यकार बाङ्देकको सालिकलाई पुख्र्यौली थलो राखाबाङ्देल लैजान सोही ठाउँका नाछिरिङ समुदायले नै अग्रसरता देखाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण