६ जना थुनुवा भागेको घटनामा असईसहित ३ प्रहरी निलम्बित
काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट थुनुवा भागेको घटनामा ३ जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) अशोक कुमार मण्डल सहित ३ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप क्षेत्रीले रातोपाटीलाई बताए ।
माघ १५ मा राति हिरासतबाट ६ जना थुनुवा भागेका थिए । सो रात डिउटीमा खटिएका असई मण्डल, वरिष्ठ हवलदार सरोज रेग्मी र जवान रोहन मगरलाई निलम्बन गरेको डिएसपी क्षेत्रीले जानकारी दिए । वरिष्ठ हवलदार र जवानलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको हो । असईलाई मधेस प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो ।
इलाका प्रहरी कार्यालयका २६ जना प्रहरीलाई जिल्लामा झिकाइएको छ । इलाका इन्चार्ज बेचन यादवलाई पनि जिम्मेवारीबाट हटाउने तयारी छ । हिरासतबाट भागेका मध्ये मिथिला नगरपालिका–६ का रोशन महतोलाई पुन: पक्राउ गरिएको छ । ५ जनाको खोजी भइरहेको डिएसपी क्षेत्रीले बताए । प्रहरीले उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा म्याद लिएर हिरासतमा राखेको थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवको जिम्मेवारीमा नयाँ टिम पठाइएको छ । तर, प्रहरी निरीक्षकको दरबन्दी रहेको उक्त कार्यालयमा हेडक्वार्टरले नै प्रहरी निरीक्षक पठाउने तयारीमा रहेका जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण