बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानद्वारा नेत्रज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण

बुधबार, १८ माघ २०७९, १५ : १४
बुधबार, १८ माघ २०७९

काठमाडौँ ।  जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्यसम्बन्धी उपकरणहरु हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार कीर्तिपुर आँखा अस्पतालमा आयोजित एक कार्यक्रमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

रेटिना रोगको उपचारसँग सम्बन्धित करिब १ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरका स्वास्थ्य सामाग्रिहरु जापान सरकारले अनुदानमा प्रदान गरेको हो। नेपाल नेत्रज्योति संघले २०७२ सालमा आँखा उपचार केन्द्रका रुपमा स्थापना गरेको किर्तिपुर आँखा अस्पताललाई २०७४ सालमा आँखा अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । स्थापनाकाल देखि नै अस्पतालले आम नागरिकहरुलाई सर्वसुलभ मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रदान गर्दै आईरहेको छ ।

यस अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरिय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा २०७७ साल कार्तिक १९ नेपाली स्थित जापानी राजदूतावास र नेपाल नेत्रज्योति संघका बीचमा हस्ताक्षर भएको थियो ।

सन् २०२२ मा अस्पतालले २३ हजार ५४० जनालाई आँखा उपचार सेवा प्रवाह गरेको थियो भने हाल सम्म अस्पतालबाट करिब ७ हजारभन्दा बढि व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ। जसमध्यमा करिब ३ हजार जनाको शल्यक्रिया निःशुल्क भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप