बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी

हस्ताक्षर बिहीबार वा शुक्रबार हुन सक्ने
बुधबार, ०३ असार २०८३, २२ : २०
बुधबार, ०३ असार २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको सम्झौता अन्तिम नभएको र इरानले सम्झौताअनुसार व्यवहार नगरे अमेरिका पुनः सैन्य कारबाहीमा उत्रिन सक्ने चेतावनी दिएका छन् ।
  • ट्रम्पले अमेरिका–इरान समझदारीपत्रमा हस्ताक्षर बिहीबार वा शुक्रबार हुन सक्ने जानकारी दिएका छन् ।
  • इजरायलले लेबनानमा सीमित सैन्य आक्रमण जारी राखेको छ र इरानले त्यसलाई वासिङ्टनसँगको सम्झौताको उल्लङ्घन मान्ने चेतावनी दिएको छ ।

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच भएको सम्झौता अझै अन्तिम नभएको बताएका छन् ।

उनले इरानले सम्झौताअनुसार व्यवहार नगरे अमेरिका पुनः सैन्य कारबाहीमा उत्रिन सक्ने चेतावनी दिएका सीबीसी न्युजले लेखेको छ ।

बुधबार फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिका–इरान समझदारीपत्रमा हस्ताक्षर बिहीबार वा शुक्रबार हुन सक्ने जानकारी दिएका हुन् । यसअघि दुवै देशका अधिकारीहरूले शुक्रबार हस्ताक्षर हुने बताएका थिए ।

यसैबिच इजरायलले लेबनानमा सीमित सैन्य आक्रमणहरू जारी राखेको छ । ट्रम्पले इरानसँगको सम्झौता घोषणा गरेपछि पनि ती आक्रमणहरू नरोकिएको जनाइएको छ । तेहरानले इजरायलले लेबनानमा आफ्नो सैन्य उपस्थिति कायम राखे वा आक्रमण जारी राखेमा त्यसलाई वासिङ्टनसँग भएको सम्झौताको उल्लङ्घन मानिने चेतावनी दिएको छ ।

अर्कोतर्फ, इरानी तेलवाहक जहाजहरू अमेरिकी नौसैनिक नाकाबन्दी रेखा पार गरिरहेको समाचारले अन्तर्राष्ट्रिय ढुवानी क्षेत्रमा अन्योलता बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप