संघ र प्रदेशको संसद् बैठक चल्न नदिने नागरिक उन्मुक्तिको घोषणा
बुधबार, १८ माघ २०७९, २२ : ००

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनैपनि संसद् बैठक चल्न नदिने भएको छ । आफ्ना माग सम्बोधन नगरेको भन्दै उन्मुक्ति पार्टीले यस्तो निर्णय गरेको हो ।
‘जबसम्म आफ्ना मागमुद्दा सम्बोधन हुँदैनन्, टीकापुर घटनाका राजवन्दी रिहाइ हुँदैनन् तबसम्म संघ र प्रदेश संसद् बैठक चल्न दिइँदैन’, उन्मुक्ति पार्टीका एक नेताले बुधबार रातोपाटीसँग भने, ‘सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता गर्ने र सरकारबाट समेत बाहिरिने निर्णय गरेको छ । यो निर्णय भोलिबाटै लागु गर्छौ ।’
नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभामा ४ जना सांसद रहेका छन् ।
साथै सो पार्टीले भ्रातृ संगठनका रुपमा नागरिक उन्मुक्ति विद्यार्थी समाज गठन गरेको छ । उक्त विद्यार्थी समाजले आगामी चैतमा हुने स्ववियु निर्वाचनमा देशैभर आफ्ना प्रतिनिधि उठाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म