संघ र प्रदेशको संसद् बैठक चल्न नदिने नागरिक उन्मुक्तिको घोषणा
बुधबार, १८ माघ २०७९, २२ : ००
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनैपनि संसद् बैठक चल्न नदिने भएको छ । आफ्ना माग सम्बोधन नगरेको भन्दै उन्मुक्ति पार्टीले यस्तो निर्णय गरेको हो ।
‘जबसम्म आफ्ना मागमुद्दा सम्बोधन हुँदैनन्, टीकापुर घटनाका राजवन्दी रिहाइ हुँदैनन् तबसम्म संघ र प्रदेश संसद् बैठक चल्न दिइँदैन’, उन्मुक्ति पार्टीका एक नेताले बुधबार रातोपाटीसँग भने, ‘सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता गर्ने र सरकारबाट समेत बाहिरिने निर्णय गरेको छ । यो निर्णय भोलिबाटै लागु गर्छौ ।’
नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभामा ४ जना सांसद रहेका छन् ।
साथै सो पार्टीले भ्रातृ संगठनका रुपमा नागरिक उन्मुक्ति विद्यार्थी समाज गठन गरेको छ । उक्त विद्यार्थी समाजले आगामी चैतमा हुने स्ववियु निर्वाचनमा देशैभर आफ्ना प्रतिनिधि उठाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण