गृह मन्त्रालयको विषयलाई लिएर सत्तारुढ दलहरुबीच विवाद छैन : शक्तिबहादुर बस्नेत
बुधबार, १८ माघ २०७९, १८ : ५९
काठमाडौं । गृह मन्त्रालयको विषयलाई लिएर सत्तारुढ दलहरुबीच विवाद नभएको सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले दाबी गरेका छन् ।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीसहित सत्तारुढ दलहरुबीच यस विषयमा छलफल भइरहेको र केही दिनमै टुंगिने पनि स्पष्ट पारे ।
उपमहासचिव बस्नेतले सर्वोच्च अदालतको फैसला विस्तृत रुपमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सो सम्बन्धमा केही दिन पर्खनुपर्ने भन्नु भएको जिकिर समेत गरे ।
उपमहासचिव बस्नेतले राष्ट्रपति चयनका विषयमा आफ्नो पार्टीले निर्णय गरिनसकेको पनि बताए । राष्ट्रिय सहमतिका लागि प्रयास गर्ने भनिएपनि त्यस सम्बन्धमा पार्टीले आफ्नो पोजिशन क्लिएर गरिनसकेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण