सत्तारुढ दलमा खटपट : केन्द्रीय समितिलगत्तै रास्वपाको संसदीय दलको बैठक पनि बस्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक पनि बस्ने भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको र सो बैठक सकिएसँगै संसदीय दलको बैठक बस्ने तय भएको प्रवक्ता मुकुल ढकालले रातोपाटीलाई जानकारी दिए ।
बैठकमा सरकारको विषयका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने उनको भनाइ छ । सभापति रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन चाहेको रास्वपाले प्रधानमन्त्री प्रचण्ड त्यसमा सकारात्मक नभएपछि असन्तुष्टि जनाएको छ ।
अब सरकारमै सहभागी हुने या बाहिरिने भन्नेबारे केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गरेर संसदीय दलले पनि सोही अनुसार अनुमोदन गर्ने तयारी भएको छ ।
रास्वपाले सांसदहरुलाई बैठकका लागि खबर पठाइसकेको छ । हाल सांसदहरु संसद् भवनमा प्रशिक्षण कार्यक्रममा रहेको र सो कार्यक्रम सकिएपछि बैठकमा सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण