सत्तारुढ दलमा खटपट : केन्द्रीय समितिलगत्तै रास्वपाको संसदीय दलको बैठक पनि बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक पनि बस्ने भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको र सो बैठक सकिएसँगै संसदीय दलको बैठक बस्ने तय भएको प्रवक्ता मुकुल ढकालले रातोपाटीलाई जानकारी दिए ।
बैठकमा सरकारको विषयका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने उनको भनाइ छ । सभापति रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन चाहेको रास्वपाले प्रधानमन्त्री प्रचण्ड त्यसमा सकारात्मक नभएपछि असन्तुष्टि जनाएको छ ।
अब सरकारमै सहभागी हुने या बाहिरिने भन्नेबारे केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गरेर संसदीय दलले पनि सोही अनुसार अनुमोदन गर्ने तयारी भएको छ ।
रास्वपाले सांसदहरुलाई बैठकका लागि खबर पठाइसकेको छ । हाल सांसदहरु संसद् भवनमा प्रशिक्षण कार्यक्रममा रहेको र सो कार्यक्रम सकिएपछि बैठकमा सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छु : प्रधानमन्त्री
-
महोत्तरीमा दिनदहाडै बैंक लुटियो
-
चक्कुको २० प्रहार, त्यसपछि ढुङ्गाकाे आघात : प्रेमीले गरिदिए १६ वर्षीयाकाे हत्या, सिसिटिभीमा कैद
-
बजेटबारे एमालेको टिप्पणी : राजस्व लक्ष्य पूरा हुँदैन, स्रोतको सुनिश्चितता छैन
-
एमालेमा युवाको अवस्था र अबको भूमिका
-
टीभीएसको च्याम्पियन अफ टेक्नोलोजी अफर अब ३ दिन मात्र बाँकी