मधेस प्रदेशका मुख्यमन्त्रीको बास होटेलमा
जनकपुरधाम । नियुक्त भएको झण्डै तीन साता बितिसक्दा पनि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकारी निवासमा सरेका छैनन् ।
गत पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका उनी सरकारी निवासमा नगई राजधानी जनकपुरधामस्थित होटेल वेलकममा बसिरहेका हुन् ।
जनकपुर चुरोट कारखाना परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मुख्यमन्त्री तथा मन्त्रीहरूको निवास रहेको छ । मुख्यमन्त्री बस्ने सरकारी निवासमा रङ्गरोगनको कार्य चलिरहेकोले उनी त्यहाँ नसरेको बताइएको छ । मन्त्रीहरू भने सरकारी निवासमा सरिसकेका छन् । रङ्गरोगन लगायतका काम पुरा नभएको तथा उचित साइत पनि नजुरेकाले निवासमा सर्न नसकेको मुख्यमन्त्री यादवले स्वीकारे । उनले भोलि नै सरकारी निवासमा सर्ने योजना रहेको पनि राताोपाटीलाई सुनाए ।
मुख्यमन्त्री नियुक्त भएको दुई दिनपछि २९ पुसमा यादवले तीन मन्त्रीसहित शपथ ग्रहण गरेका थिए । सुरुमा मन्त्रीहरूलाई बिना विभागीय मन्त्रीका रूपमा शपथ गराइए पनि पछि उनीहरूको जिम्मेवारी तोकिएको थियो । १० सदस्यीय मन्त्रिमण्डल रहने मधेस प्रदेशमा मन्त्रीपरिषद्ले हालसम्म पूर्णता पाउन सकेको छैन ।
मुख्यमन्त्री यादवले भने ४ माघमा बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका थिए । मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । यादवलाई प्रदेश सभाको दोस्रो ठुलो दल नेपाली कांग्रेससहित प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलले विश्वासको मत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण