माग पुरा नभए जस्तोसुकै निर्णय हुनसक्छ : रास्वपा प्रवक्ता ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिनभित्र आफ्नो माग पुरा नभए जस्तोसुकै निर्णय हुन सक्ने बताएको छ । बिहीबार बसेको पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सो पार्टीका प्रवक्ता मुकुल ढकालले भने, ‘हाम्रो माग पुरा नभए जेपनि निर्णय हुन्छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष रवि लामिछानेलाई फोन गरेर २ दिन कुर्न आग्रह गरेकाले त्यतिञ्जेल पर्खिने बताए । प्रवक्ता ढाकालले भने, शुक्रबार र शनिबारको समय छ त्यो दिनसम्म कुरौं न त भन्ने हो । त्यो अनुसार नै हाम्रो हिड्ने बाटो दृढ छ ।’
यसअघि भएको राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले इमानदारिता नदेखाए जस्तो सुकै निर्णय लिन पनि सकिने उनले बताए । उनले भने, ‘राजनीतिक सहमतिको आधारमा उहाँहरुले राजनीतिक इमान्दारिता देखाउनु भएन भने पार्टीले नै यसरी नै बैठक बसेर जे निर्णय पनि लिन सकिन्छ ।’
नागरिकता विवादमा मुछिएपछि पद गुमाएका रवि लामिछानेले नागरिकता सक्रिय भएसँगै गृहमन्त्रलय पाउनुपर्ने अडान राखेका थिए । तर उनलाई गृहमन्त्रालय दिन नसकिने प्रधानमन्त्री प्रचण्डले बताएपछि रास्वपा सरकारबाट बाहिरिने धम्की दिदै आएको थियो । पार्टीमा यस विषयमा समेत दुई धार देखिएको थियो । त्यही कारण ठोस छलफल गर्न भन्दै बोलाएको बैठकले नेताहरुको आग्रहमा २ दिने कुर्ने निर्णयमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण