अस्ट्रेलियाका टेनिस स्टार किर्गियोसले प्रेमिकालाई प्रताडित गरेको स्वीकारे

अस्ट्रेलियाका टेनिस स्टार किर्गियोसले आफ्नी प्रेमिकालाई दुर्व्यवहार गरेको स्वीकार गरेका छन् ।
निक किर्गियोसले अदालतमा दायर गरिएको एक निवेदनमा आफ्नी प्रेमिकालाई दुर्व्यवहार गरेको स्वीकार गरेका छन् ।
अदालतले खराब मानसिक स्वास्थ्यको आधारमा आरोप खारेज गर्न अस्वीकार गरेपछि किर्गियोसको निवेदन क्यानबेरा अदालतमा पुगेको हो ।
२७ वर्षीय किर्गियोसमाथि आफ्नी प्रेमिका चियारा पेसारीलाई क्यानबेराको फुटपाथमा धकेलेको आरोप लागेको छ ।
मजिस्ट्रेटले घटनालाई ‘हताश वा मूर्खताले गरिएको कार्य’ भनेका छन् ।
अदालतमा पेस गरिएको तथ्यमा बताइए अनुसार १० जनवरी २०२१ मा दुबै जना कुनै कुरामा झगडा गरिरहेका बेला उनकी प्रेमिका पसारीले कार रोकिन् । त्यसपछि किर्गियोसले पसारीलाई फुटपाथमा धकेलेका थिए ।
पसारीले घटनाको एक महिनापछि प्रहरीलाई जानकारी दिए पनि उजुरी दिइनन् । त्यसपछि दुवैले कुरा सुल्झाएर आफ्नो सम्बन्ध जारी राखे ।
तर, केही समयपछि दुवैको ब्रेक अप भयो । त्यसपछि पसारीले सन् २०२१ डिसेम्बरमा औपचारिक रूपमा उजुरी दर्ता गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन उच्च अङ्कले किन बढ्यो शेयर बजार ? यस्ता छन् चार कारण
-
चर्चामा ‘अपरेसन सिन्दूर’ बारे जानकारी दिने दुई महिला अधिकारी
-
१० बुँदे पक्षधर बलबहादुर साम्सोहाङ र मणिशंकर पोमु निलम्बित
-
सरकारको रुचि ईपीसी मोडलको ठेक्कामा, के भन्छन् निर्माण व्यवसायी ?
-
म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता
-
जमिन भासिएर गाडी बेपत्ता प्रकरण : प्रारम्भिक अध्ययन पश्चात् फर्कियो भूगर्भविद्को टोली