अस्ट्रेलियाका टेनिस स्टार किर्गियोसले प्रेमिकालाई प्रताडित गरेको स्वीकारे
अस्ट्रेलियाका टेनिस स्टार किर्गियोसले आफ्नी प्रेमिकालाई दुर्व्यवहार गरेको स्वीकार गरेका छन् ।
निक किर्गियोसले अदालतमा दायर गरिएको एक निवेदनमा आफ्नी प्रेमिकालाई दुर्व्यवहार गरेको स्वीकार गरेका छन् ।
अदालतले खराब मानसिक स्वास्थ्यको आधारमा आरोप खारेज गर्न अस्वीकार गरेपछि किर्गियोसको निवेदन क्यानबेरा अदालतमा पुगेको हो ।
२७ वर्षीय किर्गियोसमाथि आफ्नी प्रेमिका चियारा पेसारीलाई क्यानबेराको फुटपाथमा धकेलेको आरोप लागेको छ ।
मजिस्ट्रेटले घटनालाई ‘हताश वा मूर्खताले गरिएको कार्य’ भनेका छन् ।
अदालतमा पेस गरिएको तथ्यमा बताइए अनुसार १० जनवरी २०२१ मा दुबै जना कुनै कुरामा झगडा गरिरहेका बेला उनकी प्रेमिका पसारीले कार रोकिन् । त्यसपछि किर्गियोसले पसारीलाई फुटपाथमा धकेलेका थिए ।
पसारीले घटनाको एक महिनापछि प्रहरीलाई जानकारी दिए पनि उजुरी दिइनन् । त्यसपछि दुवैले कुरा सुल्झाएर आफ्नो सम्बन्ध जारी राखे ।
तर, केही समयपछि दुवैको ब्रेक अप भयो । त्यसपछि पसारीले सन् २०२१ डिसेम्बरमा औपचारिक रूपमा उजुरी दर्ता गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण