तालिबानद्वारा लाइभ टिभी प्रसारणमा डिग्री च्यात्ने प्राध्यापक पक्राउ
शुक्रबार, २० माघ २०७९, १५ : ५९
तालिबानले महिला शिक्षाका लागि आवाज उठाउने अफगानी प्राध्यापकलाई पक्राउ गरेको छ । राजधानी काबुलका सडकमा निःशुल्क पुस्तक वितरण गरिरहेको बेला उनलाई पक्राउ गरिएको हो ।
तालिबानले अहिलेसम्म आधिकारिक रूपमा इस्माइल मशाललाई गिरफ्तार गरेको बारे कुनै टिप्पणी गरेको छैन, तर तालिबान सूचना मन्त्रालयका एक सदस्यले सामाजिक सञ्जालमा उनीमाथि सही व्यवहार गरिएको दाबी गरेका छन् ।
इस्माइल मशाल टिभीमा प्रत्यक्ष प्रसारणका क्रममा आफ्नो शैक्षिक कागजात र डिग्री च्यातेपछि चर्चामा आएका थिए । उनले महिला र केटीहरूको शिक्षामा प्रतिबन्धको विरोध गरेका थिए ।
गत महिना, उनले बीबीसी अफगान सेवासँगको कुराकानीमा पुरुष महिलाको अधिकारका लागि उभिनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण