‘नो पार्किङ’मा राखेपछि मन्त्रीको गाडीलाई १ हजार जरिवाना
शुक्रबार, २० माघ २०७९, २१ : ४०
काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा ‘नो पार्किङ’मा रोकिएको मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । पेप्सीकोलास्थित स्टार बैंक्वेट अगाडी पार्किङ निषेध गरिएको ठाउँमा पार्किङ गरेको भेटेपछि बागमती प्रदेश–०३–००१ झ ०१३२ नम्बरको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।
ह्विल लक गरेर मन्त्रीले प्रयोग गर्ने सो सवारी चालकलाई १ हजारको चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । सो गाडी कुन मन्त्रीले प्रयोग गरेका थिए भन्ने ट्राफिक प्रहरीले खुलाएको छैन । शुक्रवार साढे ५ बजेतिर पिक आवरमा सड्कमा पार्क गरेको भेटिएपछि सर्वसाधारणको सवारी सरह सो गाडीलाई पनि कारवाही गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण