‘नो पार्किङ’मा राखेपछि मन्त्रीको गाडीलाई १ हजार जरिवाना
शुक्रबार, २० माघ २०७९, २१ : ४०

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा ‘नो पार्किङ’मा रोकिएको मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । पेप्सीकोलास्थित स्टार बैंक्वेट अगाडी पार्किङ निषेध गरिएको ठाउँमा पार्किङ गरेको भेटेपछि बागमती प्रदेश–०३–००१ झ ०१३२ नम्बरको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।
ह्विल लक गरेर मन्त्रीले प्रयोग गर्ने सो सवारी चालकलाई १ हजारको चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । सो गाडी कुन मन्त्रीले प्रयोग गरेका थिए भन्ने ट्राफिक प्रहरीले खुलाएको छैन । शुक्रवार साढे ५ बजेतिर पिक आवरमा सड्कमा पार्क गरेको भेटिएपछि सर्वसाधारणको सवारी सरह सो गाडीलाई पनि कारवाही गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोशीमा डल्फिन गणना सुरु
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
-
प्रचण्डले राजावादीको आलोचना गरेपछि प्रश्न गर्न तम्सिए जनार्दन, यस्तो छ तनावको नालीबेली
-
अनुहार चम्किलो बनाउन लगाउनुहोस् यो फेस प्याक
-
संगीतकार सङ्घको अध्यक्षमा लामा
-
च्याम्पियन्स लिगको जितपछि पेरिसमा प्रहरी र पीएसजीका समर्थकहरूबिच झडप