विश्व क्यान्सर दिवस : उपचार गर्न खोपलाई सहज बनाउनुपर्नेमा जोड
भक्तपुर । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बर्सेनि क्यान्सरका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताए । भक्तपुरलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको हव बनाउँदै विकास गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका गुणस्तर, मापदण्ड र नियमन महाशाखाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका सदस्य डा मदनकुमार उपाध्यायले समयमै उपचार भए क्यान्सर निको हुन्छ भन्ने सन्देश गाउँगाउँमा पुर्याउनुपर्ने बताए । उनले नेपालमा जटिल बन्दै आएको पाठेघरको मुखको क्यान्सरको उपचार गर्न सरकारले नेपालमा खोपलाई सहज बनाउनुपर्नेमा जोड दिए ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले अस्पतालले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, क्यान्सर, हृदयघात, मष्तिस्कघात, फिस्टुला, अल्जाइमरलगायत रोगको निःशुल्क उपचारको व्यवस्था गर्न लागेको जानकारी दिए । अस्पतालका चिकित्सक डा. रोशन प्रजापतिले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि हरेक जिल्लामा परीक्षण केन्द्र सञ्चालन गर्नुपर्ने, जनचेतना फैलाउनुपर्ने र पाठ्यक्रममा यसबारे सामग्री राख्नुपर्ने बताए ।
डा.प्रजापतिका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा एक वर्षमा ८४ हजार पाँच सय ७९ बिरामीको परीक्षण गरिएको, तीन हजार पाँच सय ८८ नयाँ बिरामी थपिएका तथा दैनिक ८० देखि एक सय जनासम्म नयाँ बिरामी भर्ना हुने गरेका छन् । कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजार र अस्पतालका कार्यकारी निर्देशक प्राडा विष्णुदत्त पौडेलले थप उपकरण जडान गरेर सेवा विस्तार गनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण