वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कडा कारबाही गर्ने श्रम मन्त्रालयको चेतावनी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका हुने गरेको ठगीमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय ठगीका उजुरी बढ्दो क्रममा रहेको भन्दै त्यस्तोमा मन्त्रालय कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका सिलसिलामा नेपालीले नेपालीलाई र रोजगारदाताले नेपाली श्रमिकलाई ठगी गर्ने क्रम बढेको जनाएका छन् । ठगी गर्ने गरेको उजुरी, गुनासा तथा समाचार बढेको भन्दै त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारको नीतिगत, कानुनी र प्रक्रियागत व्यवस्थाको विरुद्धमा कसैको गलत गरेको खण्डमा कठोरतापूर्वक कानुनी कारबाही गरिने चेतावनी दिएको हो ।
संस्थागत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान चाहनेले आफूले आफूले जान खोजेको मुलुक, कामको प्रकृति, आफूसँग भएको सीप, रोजगारदाताले उपलब्ध गराउने सेवाशर्त तथा सुविधा एवम् वैदेशिक रोजगारीमा जानका लागि लाग्ने शुल्क र वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त व्यवसायी कम्पनी जस्ता आधारभूत तर, महत्त्वपूर्ण विषयमा पूर्ण रुपमा जानकारी लिएर मात्र प्रक्रिया थालनी गर्न मन्त्रालयले आग्रह गरेको छ ।
शुल्क बुझाउँदा व्यक्तिलाई नभई संस्थालाई मात्र बुझाउन र त्यसरी रकम बुझाएको प्रमाण अनिवार्य रूपमा लिन सबैमा अनुरोध गरेको छ । म्यानपावर व्यवसायीहरूलाई समेत कानुनी एवम् नीतिगत व्यवस्थाको पालना गरी पेसाप्रति इमानदार हुन मन्त्रालयले आग्रह गरेको छ ।
व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जानेले सरकारी राजस्व बाहेक कुनै पनि व्यक्ति वा संस्थालाई कुनै पनि प्रकारको शुल्क बुझाउनु नपर्ने मन्त्रालयले प्रस्ट पारेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा जान चाहने व्यक्तिहरूलाई कोही कसैले भ्रम र दबाबमा पारी गैर कानुनी रकम माग गरेको उजुरी गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण