मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा कार्यव्यवस्था परामर्श समिति गठन हुने

आइतबार, २२ माघ २०७९, १३ : ४२
आइतबार, २२ माघ २०७९

हेटौंडा । बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समिति गठन हुने भएको छ । आइतबार प्रदेशसभा सचिवालय हेटौंडामा बसेको सर्वदलीय बैठकले कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त समिति १६ सदस्यीय कायम गर्ने र समितिमा दलिय हिसावमा प्रतिनिधी पठाउने निर्णय भएको हो । समितिमा प्रदेशका सभामुख उपसभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ । समितिमा नेपाली कांग्रेसका ४, नेकपा एमालेका ३, माओवादी केन्द्रका २ र अन्य दलबाट एकरएक जना सदस्य रहने बैठकले निर्णय गरेको छ । 

त्यस्तै उक्त बैठकले प्रदेशसभाका अन्य ५ वटा समिती पनि गठन गर्ने निर्णय गरेको छ । सर्वदलीय बैठकले संसदीय समिति सोमबार गठन गर्ने र संसदीय समितिको सभापतिको निर्वाचन भने माघ २५ गते गर्ने तयारी गरिएको छ । बागमती प्रदेशसभामा प्रदेश मामिला, अर्थ तथा विकास समिती, सार्वजनिक लेखा समिती, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति रहेका छन् । 

सर्वदलीय बैठकले संसदले स्वीकृत गरेको ५ वटा अध्यादेशको प्रतिस्थापन विधेयक छिट्टै संसदमा ल्याउने र संसदलाई प्रदेश प्रमुखबाट सम्बोधनको कार्यक्रम तय गर्ने निर्णय गरेको छ   सर्वदलीय बैठकले आजबाट ४ दिनसम्म प्रदेशसभा बैठक संचालन गर्ने निर्णय गरेको छ। प्रदेशसभाको आज आइतबार बस्ने बैठकमा शून्य समयको कार्यसुची समावेश गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप