बागमती प्रदेशमा कार्यव्यवस्था परामर्श समिति गठन हुने
हेटौंडा । बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समिति गठन हुने भएको छ । आइतबार प्रदेशसभा सचिवालय हेटौंडामा बसेको सर्वदलीय बैठकले कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उक्त समिति १६ सदस्यीय कायम गर्ने र समितिमा दलिय हिसावमा प्रतिनिधी पठाउने निर्णय भएको हो । समितिमा प्रदेशका सभामुख उपसभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ । समितिमा नेपाली कांग्रेसका ४, नेकपा एमालेका ३, माओवादी केन्द्रका २ र अन्य दलबाट एकरएक जना सदस्य रहने बैठकले निर्णय गरेको छ ।
त्यस्तै उक्त बैठकले प्रदेशसभाका अन्य ५ वटा समिती पनि गठन गर्ने निर्णय गरेको छ । सर्वदलीय बैठकले संसदीय समिति सोमबार गठन गर्ने र संसदीय समितिको सभापतिको निर्वाचन भने माघ २५ गते गर्ने तयारी गरिएको छ । बागमती प्रदेशसभामा प्रदेश मामिला, अर्थ तथा विकास समिती, सार्वजनिक लेखा समिती, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति रहेका छन् ।
सर्वदलीय बैठकले संसदले स्वीकृत गरेको ५ वटा अध्यादेशको प्रतिस्थापन विधेयक छिट्टै संसदमा ल्याउने र संसदलाई प्रदेश प्रमुखबाट सम्बोधनको कार्यक्रम तय गर्ने निर्णय गरेको छ सर्वदलीय बैठकले आजबाट ४ दिनसम्म प्रदेशसभा बैठक संचालन गर्ने निर्णय गरेको छ। प्रदेशसभाको आज आइतबार बस्ने बैठकमा शून्य समयको कार्यसुची समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण