शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारले गराए निःशुल्क स्वास्थ्य परीक्षण

आइतबार, २२ माघ २०७९, १६ : ३१
आइतबार, २२ माघ २०७९

काठमाडौँ । दीपकराज गिरी, दीपाश्री निरौला, धिरन शाक्य, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलास कार्की, सुशान्त बसेल, सुन्दर खनाल, सागर लम्साल, प्रकाश सुवेदी लगायत ५० बढी कलाकारले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

विश्व क्यान्सर दिवसको अवसर पारेर काठमाडौं क्यान्सर सेन्टर ताथलीले शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा कलाकारले क्यान्सर लगायत विभिन्न रोगको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् ।

चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले उद्घाटन गरेको कार्यक्रममा कलाकारको अलवा सर्वसाधारणको पनि स्वास्थ्य परीक्षण गराएका थिए । क्यान्सरको विषयमा सन्देश दिने तथा निःशुल्क स्वास्थ्य परिक्षणको सेवा दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा कलाकारको उपचारको छुटको लागि काठमाडौँ क्यान्सर सेन्टरसँग कलाकार संघ र चलचित्र विकास बोर्डले सम्झौता समेत भएको थियो ।

कलाकार राष्ट्रका गहना भएकोले उनीहरुको उपचारमा आफूले छुटको व्यवस्था गरेको कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा.अन्जली कुमार झाले बताए । कुनैपनि कलाकारलाई जुनै बेला पनि छुटका साथ उपचार व्यवस्था मिलाइएको डा. झाको भनाई रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप