कलाकारले गराए निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ । दीपकराज गिरी, दीपाश्री निरौला, धिरन शाक्य, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलास कार्की, सुशान्त बसेल, सुन्दर खनाल, सागर लम्साल, प्रकाश सुवेदी लगायत ५० बढी कलाकारले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।
विश्व क्यान्सर दिवसको अवसर पारेर काठमाडौं क्यान्सर सेन्टर ताथलीले शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा कलाकारले क्यान्सर लगायत विभिन्न रोगको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् ।
चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले उद्घाटन गरेको कार्यक्रममा कलाकारको अलवा सर्वसाधारणको पनि स्वास्थ्य परीक्षण गराएका थिए । क्यान्सरको विषयमा सन्देश दिने तथा निःशुल्क स्वास्थ्य परिक्षणको सेवा दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा कलाकारको उपचारको छुटको लागि काठमाडौँ क्यान्सर सेन्टरसँग कलाकार संघ र चलचित्र विकास बोर्डले सम्झौता समेत भएको थियो ।
कलाकार राष्ट्रका गहना भएकोले उनीहरुको उपचारमा आफूले छुटको व्यवस्था गरेको कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा.अन्जली कुमार झाले बताए । कुनैपनि कलाकारलाई जुनै बेला पनि छुटका साथ उपचार व्यवस्था मिलाइएको डा. झाको भनाई रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण